Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डलरसँगै घट्यो युरोको भाउ


    आइतबार, चैत्र १९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ७७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार