काठमाडौ । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन् । यसअघि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका श्रेष्ठ शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा उपप्रधानसहित गृह मन्त्री भएका हुन् ।
श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मिटरब्याजपीडितका समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गरेका हुन् ।
‘मन्त्रीज्यूले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार मिटरब्याजपीडितका समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुहुन्छ,’ गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव जितेन्द्र बस्नेतले भने, ‘मन्त्रिपरिषद्ले आयोग गठन गर्ने प्रावधान छ ।’
उनले आइतबारसम्म मन्त्रिपरिषद्बाट आयोग गठन हुनसक्ने बताए । ‘केही छलफल र पूर्वतयारी गर्नुपर्ने होला। सम्भवतः पर्सी आइतबार) सम्म त्यसले मूर्त रूप पाउला,’ सहसचिव बस्नेतले भने । पछिल्लो समय काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितको मागअनु(सार गृहमन्त्री श्रेष्ठले उच्चस्तरीय जाँचबुझ आयोग गठनको तयारी गरेका हुन् । आजको नागरिक दैनिकबाट
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend