काठमाडौँ। आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परीक्षा शुरु भएको १५ मीनेटमै बाहिरिएपछि बारामा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन्
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरिक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थी पवन साहको भने आजको परीक्षा मात्रै रद्द गरिएको छ ।
जिल्ला अनुसन्धान कार्यालय बाराका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंहले परीक्षा केन्द्रका खटिएका केन्द्रध्याक्षसहित कर्मचारीलाई निलम्बन गरिएको बताए । ‘भोलिदेखि सो परीक्षकेन्द्रमा नयाँ केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष र परीक्षा निरीक्षकहरु खटिनुहुन्छ’ उप–अनुसन्धान निर्देशक सिंहले भने ।
एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिर ल्याउने काममा संग्लन विद्यार्थी पवन साहको आजको परीक्षा रद्द भएपनि भोलिको परीक्षामा सहभागी हुन दिने निर्णयमा उल्लेख छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend