काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।
यसअघि लगातार तीनदिनदेखि घटेको अमेरिकी डलरको भाउ बिहीबार भने २४ पैसाले बढेको थियो । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । यसअघि बिहीबर पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो भने उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३८ पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। सोहि दिन ७० पैसाले युरोको भाउ बढेको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर शुक्रबार १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा तोकिएको छ। यो मूल्य बिहीबरको तुलनामा १६ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ दुइ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा तोकिएको छ ।
यसैगरी शुक्रबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पाइन्छ भने शुक्रबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रुपैयाँ २० पैसा तोकिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend