काठमाडौं । प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् ।
नौ जना विद्यार्थीको समूहमा रहेका चैतन्य माध्यमिक विद्यालय बनेपाका विद्यार्थी सङ्गीता मैनाली भने विज्ञानको विद्यार्थी नभएर व्यवस्थापनको विद्यार्थी हुन् । अध्ययन र अनुसन्धान गर्न इच्छाशक्ति नै मुख्य कुरा रहेको प्रमाणित मैनालीले गरिरहेकी छिन् । सो कार्यमा छ जना इन्जिनियरले समेत काम गरिरहेका छन् । त्यसको नेतृत्व जनार्दन सिलवालले गरिरहेका छन् । मुनालको निर्माण कार्यले जीवनमा धेरै कुरा सिक्ने मौका पाएकोमा विद्यार्थी खुसी छन् तर समय मिलाउन भने उनीहरूका लागि निकै चुनौतीपूर्ण छ ।
नियमित अध्ययनबाहेक नै घण्टौँ समय मुनाल निर्माणमा दिएका विद्यार्थीले १६ महिनाको लामो मेहनतपछि तेस्रो चरण पूरा गरेपछि मङ्गलबार खुसी साटासाटसमेत गरेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीले पाएको अवसरलाई सही रूपमा प्रयोग गर्दै आफूलाई अब्बल रहेको प्रमाणित यो परियोजनाले गराउँदै छ । भूउपग्रहको पहिलो, दोस्रो र तेस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ । अब तोकिएकै समयमा प्रक्षेपणको तयारी मुनालले गरेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ–प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठानले निर्माण गरेको मुनालको तेस्रो चरण पूरा गरेर भारतको अनन्त टेक्नोलोजीमा लगेर स्पेस इन्भारोमेन्ट टेस्ट गराएसँगै प्रक्षेपणका लागि योग्य ठहरिएको छ । भूउपग्रहलाई बेस्सरी हल्लाउने भ्याकुममा राखेर बेस्सरी तातो र चिसो बनाउने परीक्षण पूरा भएका छन् । मास्केका अनुसार यी दुवै परीक्षणलाई ‘स्पेस इन्भारोमेन्ट टेस्ट’ भन्ने गरिन्छ ।
सबै परीक्षण पूरा भएपछि मङ्गलबार भूउपग्रहको तन्दुरुस्ती जाँच्न जापान, थाइल्यान्ड, स्विट्जरल्यान्ड र श्रीलङ्काबाट आएका विज्ञसमूहले मुनाल राम्रो रहेको बताए । विगतमा भूउपग्रहको प्रयोगमा आएका कमजोरी मुनालमा नदेखियून् भन्दै केही सुझावसमेत उनीहरूले दिएका थिए । विज्ञबाट आएको सुझावले मुनाललाई थप मजबुत बनाउन सहयोग पुग्ने र त्यसबाट हौसला मिलेको एलिना सापकोटाले बताइन्।
भूउपग्रहको आकार १० घनसेमिको रहने र एक केजीसम्मको तौल रहनेछ। मुनाल स्याटेलाइटमा क्यामरा मिसन, प्यासिभ अल्टिच्युड डिटरमिनेसन एन्ड कन्ट्रोल (पीएडीसीएस) मिसन रहनेछ। त्यस्तै कम्युनिकेसन पेलोड टेस्ट मिसन, रेडिएसन मेजरमेन्ट मिसन र आर्ट मिसन रहनेछ। यो स्याटेलाइट अन्तरिक्षमा पु(याउनसम्म दुई करोड रुपियाँ खर्च लाग्ने अनुमान छ। यसलाई २०८० वैशाखभित्र प्रक्षेपण गर्ने लक्ष्यअनुसार तेस्रो चरणको काम सम्पन्न भएसँग प्रक्षेपणको समय कुरेर बसेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend