Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिटरब्याज पीडितलाई शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएका छौं : मेयर बालेन


    सोमबार, चैत्र १३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विगत केही वर्षदेखि सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने भने पनि पीडितले आश्वासन मात्रै पाएको बताएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत सधैँ पीडितले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकाले केही गर्न नसकेको बताएका हुन् ।

    ११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरेको उनको दाबी छ। तर, पीडितहरूले खुल्लामन्चमै बस्न खोजेको उनको भनाइ छ । हाल उनीहरुलाई रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएको उनले बताए ।

    ‘काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौं’ उनले लेखेका छन्, ‘तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार