काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । साेमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।
आज यसको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम गरिएको छ । अघिल्लो दिन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ३९ पैसाले बढेर युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १६१ रुपैयाँ ६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६० रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ५३ पैसा कायम भएकाे थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २३ पैसा रहेकाे छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर सोमबार ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा, मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ ।
कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसामा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८८ पैसा तोकिएको छ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend