Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


    सोमबार, चैत्र १३ २०७९
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

    कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुने छन्।

    बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने छ । त्यस्तै तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।

    बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार