Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्राफिक नियम उलङ्घन गर्ने स्कुल बसका १४ जना चालकमाथि कारबाही


    आइतबार, चैत्र १२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष चेकिङका क्रममा १४ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा ट्राफिक नियम उलङ्घन गर्ने १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका हुन् ।

    स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस सञ्चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिरहेको छ ।

    योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलङ्घन गर्ने २८२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार