Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारबाहीमा


    बिहिबार, बैशाख १३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सञ्जय मिश्रा 

    रौतहट । रौतहटस्थित सवारी दुर्घटनामा परेर १ बर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ ।

    ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०÷०८१ को १ बर्षमा नियम बिपरीत चलेका झण्डै १७ हजार सवारी साधनलाई कारवाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ।

    अघिल्लो आर्थिक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउनदेखि यही बैशाख १० गतेसम्म नियम बिपरीत चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाहीबाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

    सोही अवधिमा जिल्लाका बिभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन् ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ।

    अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधिमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । न्यूज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार