Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


    आइतबार, चैत्र १२ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोहन्याल गाउँपालिका–५ तालबन्दस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–७ का ४५ वर्षीय चक्रबहादुर जेठारा हुन् । प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोहन्याल गाउँपालिका–५ की निर्मला रोका मगर र सोही ठाउँकी गौमती विक घाइते भएका छन्। उनीहरूको मसुरियास्थित मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार