Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यार्थी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते


    आइतबार, चैत्र ५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना भएको छ । मेल्लेख गाउँपालिका-३ मा आज ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

    दर्वा र बगुडाको बीचमा पर्ने बुढा खोलामा ट्याक्टर दुर्घटनामा परी १६ वर्षीया मनिषा बुढाको मृत्यु भएको हो । से २ त ३४३१ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेहरुमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा बिक हुन् ।

    उनीहरू पिपलसैन माध्यमिक विद्यालयका विद्यार्थीहरू भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार