Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली


    आइतबार, चैत्र १२ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । समाजको शनिबार सम्पन्न १५ औँ महाधिवेशनमा उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

    निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत भएका छन ।

    सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन चयन भएका छन् भने सह सदस्यमा भने सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार