Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डोटीमा ४ हजारले एसईई परीक्षा दिने


    शनिबार, चैत्र ११ २०७९
    4.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोटी। यही चैत्र १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि डोटीमा एक परीक्षा केन्द्र थप गरिएको छ।

    एसईइ परीक्षा सञ्चालनका लागि ११ वटा परीक्षा केन्द्र रहेको डोटीमा यस वर्षदेखि सायल गाउँपालिका -५ मा रहेको ओम आधारभूत विद्यालय सुन्डमा नयाँ परीक्षा केन्द्र थप भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका शाखा अधिकृत रामदत्त भट्टले बताएका छन्।

    परीक्षामा डोटीबाट ४ हजार ९ जना विद्यार्थी सहभागी हुने छन्। जसमा नियमिततर्फ छात्रा १ हजार ६ सय ५१, छात्र २ हजार १ सय २१ र ग्रेड वृद्धि तर्फ छात्रा ३८ छात्र २४ रहेका छन् भने प्राविधिक तर्फ छात्रा ७० छात्र १ सय ५ जना सहभागी हुने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार