काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली भएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि धेरैले राष्ट्रपतिका विगतका सवारी र सडक अवरुद्ध सम्झिए ।
दशमी तिथिमा कुमारीघरमा विशेष पूजाआजा हुने गर्छ । पूजाको भोलिपल्ट एकादशीको दिन कुमारीको प्रसाद राष्ट्राध्यक्षबाट ग्रहण गर्ने परम्परा छ ।राष्ट्रपति पौडेल शीतलनिवासबाट अपराह्न ४ बजे राष्ट्रपति भवन, पानीपोखरी, लाजिम्पाट, कान्तिपथ, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, नेपाल वासुसेवा निगम, नयाँसडक हुँदै कुमारी मन्दिर वसन्तपुर पुग्नुभएको थियो । तर राष्ट्रपतिको सवारीमा न बाटो खाली गरियो न त सडकमा आउजाउ गर्नेलाई राष्ट्रपतिको सवारी छ भन्नेसम्म जानकारी रह्यो ।
राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको सवारीलाई भने धेरैले अनौठो माने । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा नै रामचन्द्र पौडेलले सवारीका बेला आफूले बाटो खाली नगराई आफ्नो सवारीले सर्वसाधारणलाई असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर निर्वाचित भएपछि पशुपतिको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो ।
यस कार्यको आलोचना निकै भएको थियो । तर शनिबार भने त्यस्तो नभएकोमा सुरक्षा निकायको बेग्लै तर्क छ । कुमारीघर जाँदा उनको सवारी निजी भएको र सोहीअनुसार सवारीका बेला बाटो खाली नगरिएको सुरक्षा निकायको तर्क रहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीका अनुसार अति विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रोटोकल’अनुसार नै सडक खाली गराइएको हुन्छ ।
सवारीपूर्व सुरक्षा समितिको बैठक बस्ने र त्यसको निर्णयअनुसार अति विशिष्ट व्यक्तिको सवारीको सुरक्षा तथा सडक व्यवस्थापन (सडक खाली गराउने)बारे निर्णय हुन्छ । राष्ट्रपति कुमारीको दर्शन गर्न आउँदा र फर्किंदा सामान्य सुरक्षा व्यवस्थापन गर्ने गरी सडक खाली नगरिएको चौधरीले बताए । राष्ट्रपति पौडेलले आफ्ना हरेक सवारी सामान्य गर्न आग्रह गरेअनुसार शनिबारको सवारी सामान्य गरिएको राष्ट्रपति पौडेलका स्वकीय सचिव खिला कार्कीले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend