Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पुनर्बीमा कम्पनीको जिम्मेवारी यमलाल भुसाललाई


    मंगलबार, भाद्र ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको जिम्मेवारी यमलाल भुसाललाई दिएको छ।  अर्को व्यवस्था नभएसम्मको लागि उनलाई मन्त्रिपरिषद्ले जिम्मेवारी दिएको हो । 

    यसअघि बोर्ड अध्यक्षमा महेश गुरागाईं थिए। उनको कार्यकाल सकिएसँगै रिक्त रहेको सो पदमा कार्यवाहकको जिम्मेवारी भुसाललाई दिइएको हो। त्यस्तै सदस्य पदका लागि रमेश लम्साललाई नियुक्त गरेको छ। 

    नेपाल पुनर्बीमामा नेपाल सरकारको ४४ प्रतिशत शेयर रहेको छ। यसले गर्दा अध्यक्षसहित तीन जना सञ्चालक नेपाल सरकारले नियुक्त गर्नसक्ने प्रावधान छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार