काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १८ महिला क्रिकेटरको कोरोना बीमा गरेको छ । बीमा गरिएको खेलाडी सिनियर महिला क्रिकेट टोलीका हुन् । मंगलबार एक विज्ञप्ति जारी गरेर क्यानले यसको जानकारी दिएको हो ।
यसअघि पनि क्यानले सिनियर पुरुष क्रिकेटर, कार्यालय, मैदान र सहायक कर्मचारीसहित ५१ जनाको कोरोना बीमा गरिसकेको छ ।
