Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिले दिए सांसदहरुलाई चियापानको निम्तो


    शुक्रबार, चैत्र ३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापानको निम्तो दिएका छन् । शनिबार बिहान ९ बजे शीतल निवासमा चियापानका लागि सांसदहरूलाई उनले निम्तो दिएका हुन् ।

    राष्ट्रपतिमा आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले सांसदहरूलाई शीतल निवास बोलाएको बताइएको छ । उनीहरुसँगै प्रमुख दलका शीर्ष नेताहरू पनि आमन्त्रित गरिएको छ ।

    पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार