Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै, अहिलेसम्म १२ सय २८ जनामा पुष्टि


    मंगलबार, भाद्र ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका नेपाल प्रहरीको संख्या बढ्ने क्रम जारी छ । मंगलबारसम्म प्रहरीका दुई डीआईजीसहित १२ सय २८ जनामा कोरोना पुष्टि भैसकेको छ ।

    तीमध्ये ७ सय ८० जना सक्रिय संक्रमित छन् भने ४ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय ५९ र काठमाडौं उपत्यकाका १ सय ३६ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ७२, प्रदेश २ मा १ सय ३१, बागमती प्रदेशमा ४२, गण्डकीमा २८, प्रदेश ५ मा ८२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार