काठमाडौं । कोरोना संक्रमित कांग्रेसका एक नेताको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौं वडा नं २१ का कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो ।
कोरोना संक्रमणपछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको आज मृत्यु भएको बताइएको छ ।
कांग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रञ्जितको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
