Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियो ओली-प्रचण्ड छलफल, भदौ १३ का लागि सचिवालय बैठक बोलाउने निर्णय


    मंगलबार, भाद्र ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।  आजको छलफलपछि दुई अध्यक्षले भदौ १३ मा सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ । 

    आज दुई अध्यक्षबीच नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न भएको थियो । अब यही विषयमाथि सचिवालयमा पनि छलफल हुने भएको छ । सचिवालयले प्रतिवेदन पास गरेपछि सो प्रतिवेदन स्थायी समितिमा समेत पेश गर्ने तयारी छ। 

    गत शनिबार नेकपा कार्यदलले १६ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो । सो सुझावसहितको प्रतिवेदनमा सरकारको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने लगायतको सुझाव रहेको बताइएको छ । 

    कार्यदलको सुझाव अनुसार प्रम ओलीले अहिले नै राजीनामा दिनु नपर्ने र स्थायी समिति बैठक अघि बढाउनुपर्ने सुझाव दिएको छ । यस्तै पार्टीको महाधिवेशन पनि चैतकै लागि उपयुक्त हुने सुझाव समेत दिएको छ ।

    नेकपा विवाद जरो भनेकै प्रचण्डलाई नाममात्रको कार्यकारी अध्यक्ष बनाइनु थियो । प्रचण्डको माग पूरा हुनेगरी समेत कार्यदलले सुझाव दिएको छ । अबदेखि सरकार सञ्चालनको नेतृत्व ओलीको र पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डको हुने सुझाव दिइएको छ । 

    यस्तैगरी यसअघि मन्त्री नियुक्ती तथा प्रदेशका मुख्यमन्त्री बनाउने क्रममा प्रम ओलीले एकलौटी गरेको निर्णयहरु समेत परिवर्तन गर्न सुझाव दिइएको छ । मन्त्रिमण्डलमा नेता माधव नेपाल र प्रचण्डलाई चार मन्त्री दिने तथा दुई मुख्यमन्त्री फेर्ने गरी सुझाव दिएको नेकपा निकट स्रोतले बताएको छ । 

    यस्तैगरी कोरोना महामारीको अन्त्यपछि मात्रै केन्द्रीय समिति बोलाउन समेत सुझाव दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार