Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेट संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित


    मंगलबार, भाद्र ९ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भदौका लागि तोकेको वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ।

    क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी महामारी र देशका अधिकांश भागमा जारी बन्दाबन्दीका कारण भदौको मध्यमा गर्ने तालिका तोकिएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।’

    गत साउनमा भएको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो। आईसीसीसँगको समन्वयमा मिति तय गर्न बैठकले भदौ दोस्रो हप्ताको समय राखेको महासचिव प्याकुरेलले बताए।

    तर, देशव्यापी बन्दाबन्दी र संक्रमण फैलँदै गएपछि सम्भव नभएको उनले बताए। यसअघि नेपाली क्रिकेट टोलीको प्रशिक्षण समेत निषेधाज्ञा र कोरोनाको जोखिमको कारण प्रभावित भएको छ । 

    117978163_1650285658467717_5736544419979061199_o.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार