Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छतबाट लडेका कोरोना संक्रमितको उपचार नपाइ मृत्यु


    मंगलबार, भाद्र ९ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । घरको छतबाट लडेका कोरोना संक्रमितको उपचार नपाइ मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय सोमबार मृत्यु भएको हो । योसँगै रुपन्देहीमा कोरोना संक्रतिमको मृत्युको संख्या ६ पुगेको छ ।

    ती मृतक घर निर्माण गर्ने मिस्त्री हुन् । काम गर्ने क्रममा छतबाट लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि उनलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा ल्याइएको थियो । उपचार अघि उनीमा संक्रमण परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि अस्पतालले सोमबार साँझ नै भीम अस्पताल रेफर गरेको थियो ।

    तर, भीम अस्पतालमा भर्नामा ढिलाइ र उपचारमा लापरबाही गर्दा भाइको मृत्यु भएको दाजु हसन मोहम्मद नाउले दावी गरेका छन्। आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएपनि अस्पतालले सही समयमा सही उपचार नगर्दा अवस्था चिन्ताजनक बन्दै गएको र राती भाइको मृत्यु भएको उनले बताए ।

    मृतकलाई आइसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेपनि जनशक्तिको अभावमा उपचार हुन नसकेको फोकल पर्सन डा. प्रजापतिले स्वीकार गरे । ‘बिरामीलाई अस्पताल ल्याउँदा उनको स्वास्थ्य अवस्था नाजुक थियो, आइसीयूमा राखेर उपचार गर्नुपर्ने थियो, ‘ फोकल पर्सन डा. प्रजापतिले अन्नपूर्णसँग भने, ‘हामीसँग आइसीयू कक्ष भएपनि जनशक्तिको अभावका कारण आइसीयूमा उपचार गर्न सकेनौँ तर, पनि ज्यान जोगाउनका लागि प्रयास गर्दागर्दै मृत्यु भयो ।’

    अस्पतालमा केही समय अघि नै ५ बेडसहितको आइसीयू कक्ष निर्माण गरिएपनि सरकारको लापरवाहीका कारण संचालनमा आउन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार