Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पहिरोले घर भत्किदा एक युवतीको मृत्यु


    मंगलबार, भाद्र ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बागलुङ  । लगातारको वर्षापछि आज बिहान  खसेको पहिरोले घर पुरिंदा  बागलुङको अर्नाकोटमा एक जनाको ज्यान गएको छ । आज बिहान करिब  ५ बजेतिर ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    स्थानीयले थाहा पाएर पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो । मृतकका बाबु बैदेशिक रोजगारी छन् । मृतक परियारकीआमा, बहिनी र दुई भाई अर्को घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेका छन ।मृतक परियार सोमबार रातीको खाना खाएर सुत्नको लागि उक्त घरमा गएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार