काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।
शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए ।
परिवारसँग होली खेलिरहेका उनले असहज महशुश गरे पछि फरटिज अस्पतालमा भर्ना गरिएको थियो, उनले राती सदाका लागि संसार छाडेको भारतीय मिडियाले जनाएका छन ।
फिल्म समिक्षक तरुण आर्दशले आफनो टविटरमा उनको निधन भएको जनाउँदै लेखेका छन, ‘हृदय बिदारक !’ अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको उल्लेख गरेका छन । खेरले लेखेका छन्– ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् ।
सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।
कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ बाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend