वीरगंज । गृहमन्त्री पद रिक्त रहेको बेला तस्करी गर्ने संजाल र प्रहरीले सीमावर्ती क्षेत्रलाई आफ्नो कमाई खाने भाँडोको रुपमा रुपान्तरण गर्न सफल भएका छन् । नेपाल र भारतको सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भन्सारछली गरी आयात तथा निर्यातको काम पुनः सुरु भएको छ । तस्कर संजालले सीमावर्ती क्षेत्रबाट सजिलै अवैध रुपमा नेपाल भित्र्याइएको मालसमान मुलुकको राजधानी काठमाण्डौसम्म पुग्ने गरेको छ ।
वीरगंज वरिपरिको क्षेत्र लगायत पर्सा जिल्लाका ग्रामीण भेगहरुबाट सुरु भएको तस्करीको अवैध धन्दाले जिल्ला बदनाम हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमलविक्रम शाहले सीमा नाकाहरुमा निगरानी बढाउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै प्रहरी नायब निरीक्षक बिनोद सिंह र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिदुर शिवाकोटीले तस्करी धन्दालाई पहिलो प्राथमिकता राख्दै सुरु गराएका छन् ।
सीमावर्ती क्षेत्रहरुबाट अवैध तरिकाले नेपाल भित्रिएको मालसमान ट्रान्सपोर्टको माध्यमले सजिलै मुलुकको राजधानीसम्म पुग्ने गरेको छ । पर्सा, बारासँगै मकवानपुरको प्रहरीले पनि आर्थिक प्रलोभनमा परी तस्करीको मालसमानलाई प्राथमिकता दिने गरेको रहस्य उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आफ्नो क्षेत्रभित्र कुनै किसिमको भन्सारछली वा अन्य अवैध कार्य अथवा संगठन विपरीत कार्य गरेको फेला परे प्रहरीलाई कारवाही गर्ने चेतावनी दिए पनि उनको आदेशलाई समेत धज्जि उडाउदै सजिलै मालसमान राजधानी पुग्ने गरेको छ ।
प्रहरी चौकी नेवारपानीमा आफ्नो पावर लगाउँदै पुगेका प्रहरी नायब निरीक्षक शिव शर्मा र अर्का एक प्रहरी निरीक्षकको सेटिङमा मालसमान सजिलै अर्को जिल्ला अर्थात् चितवन लगायत राजधानीसम्म पुग्ने गरेको छ । राजनीतिक पावर लगाउँदै प्रहरी चौकी नेवारपानी पुगेका प्रहरी नायब निरीक्षक शर्मा आफ्नै संगठनको आदेश विपरीत काम गरिरहेका छन् । प्रहरी उपरीक्षक बामदेव गौतमले तस्करी नियन्त्रण गर्न इमान्दार प्रयत्न गर्न खोजेको देखाइरहेका छन् । तर उनकै मातहतका प्रहरी कर्मचारीले ट्रान्सपोर्टको माध्यमले जाने गरेको मालसमानलाई केही रकमको लोभमा परी छोड्ने गरेका छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend