काठमाडौं । ६१ सहसचिवको सरुवा हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरन्डामा हाजिर गर्दैआएका सहसचिवहरु दरबन्दी नै नभएका ठाउँमा पदस्थापन र सरुवा गरिएका कारण पुनः बरन्डामै फर्किनुपरेको छ । सहसचिवको सरुवामा यतिसम्म बेथिति देखिएको छ कि सरुवा सूचीमा एक ठाउँमा नाम भएका सहसचिवहरु पत्र बन्दा अर्कै ठाउँमा पुग्नुपरेको छ । नेपालको निजामती प्रशासनको प्रथम श्रेणीको कर्मचारीको सरुवा र पदस्थापनामा यति हदसम्मको लापर्बाही यसअघि देखिएको थिएन ।
उद्योग मन्त्रालयको दरबन्दीबाट बाहिरिएका सहसचिव एक जनामात्रै छन् भने भित्रनेमा ४ जना छन् । कार्यालय समय सकिएपछि आइतबार सरुवा सूची संशोधनमा परेका उद्योग बाहिरिनेमा बाणिज्यका महानिर्देशक महेश भट्टराईमात्र देखिएका छन् भने भित्रनेमा अर्थमन्त्रालयबाट गजेन्द्र ठाकुर, स्वास्थ्यबाट मदन भूजेल, सामान्यै अतिरिक्त समूहका दीपक घिमिरे र अर्थकै यज्ञ कोइराला छन् ।
उद्योगको बरन्डामा रहेका ध्रुव घिमिरेको यो पटक सरुवा गरेको सामान्यले ३ सहसचिवलाई भने कसरी ब्यवस्थापन गर्छ, हेर्न बाँकी छ । दरबन्दी नै नभएका ठाउँमा सरुवा गरिएको सूची प्रमााणित गर्ने मुख्यसचिव शंकरदास बैरागी खनाल, चटके स्वभावका र आर्थिक कुरालाई बढी प्राथमिकता दिने सामान्यका सचिव कृष्णहरि पुस्कर कर्णमात्र दोषी छैनन्, आइतबार मगर दिवसका दिन सार्वजनिक बिदा नभए पनि मगर भएकै कारण घरमै बसेर सरुवापत्रमा हस्ताक्षर गर्ने उपसचिव कमानसिंह थापामगर समेत उत्तिकै दोषी छन् । कर्मचारी प्रशासन शाखाका उपसचिवका रुपमा पर्वप्रसाद सापकोटा, मिरा आचार्य, खिलराज राई कार्यकक्षमा हुँदाहुँदै आइतबार बिदामा बसेका थापामगरले नै सहसचिवको सरुवा र पदस्थापनको पत्रमा हस्ताक्षर गर्नुपरेको थियो ।
आइतबार प्रशासन शाखाका कार्यालय सहयोगीहरुलाई पत्र लाँदै उपसचिव थापामगरको घरमा सही गराउँदै ल्याउन भ्याई नभ्याई थियो । यसअघि तयार भएका पत्रको भाषा नमिलेको र सूची फेरबदल भएका कारण आइतबार पत्र तयार गर्न प्रशासन शाखााका कर्मचारीलाई चटारो थियो । यही चटारोमा स्वास्थ्यबाट सरुवा भएका सहसचिव मदन भूूजेल पनि परेका थिए ।
मन्त्रालयमा पुगेर कार्यालय समयसम्म कुर्दा पनि पत्रमा हस्ताक्षर गरी थापा मगरबाट फिर्ता नआएका कारण उनले मन्त्रीका निजी सचिव नागमणि पटेललाई पत्र प्राप्त भएपछि फोन गर्न अनुरोध गरी स्वास्थ्य मन्त्रालय गएका थिए । अरु कार्यालय समयका कर्मचारीको चहलपहल सून्य जस्तै हुने सामान्यमा आइतबार भने दिउँसो कार्यकक्षमा कर्मचारी भेटिंदा सेवाग्राहीहरु आश्चर्यमा परेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend