Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, फाल्गुन १९ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १३२ रूपैयाँ ४६ पैसा तोकिएको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ९८ पैसा र बिक्री दर १४० रूपैयाँ ६१ पैसा रहेको राष्ट्र बैँकले बताएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ७३ पैसा र बिक्री दर १५८ रूपैयाँ ४३ पैसा कायम गरिएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार