Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने आठ दलले सांसदलाई प्रशिक्षण दिने


    बिहिबार, फाल्गुन १८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आठ दलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरूलाई आज प्रशिक्षण दिइने भएको हो ।

    आज दिउँसो १ बजेबाट रोयल बैंक्वेट तीनकुनेमा सो प्रशिक्षण सुरु हुने कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सो प्रशिक्षणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी्, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रि समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार