Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाले नियन्त्रणमा लिएका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश


    बुधबार, फाल्गुन १७ २०७९
    3.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको दुई जना सैनिक अधिकृतलाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश गरेको छ । उपरथी प्रेम प्रकाश शाहीलाई सघाएको आरोपमा सेनाले प्राड विभागमा कार्यरत महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई पक्राउ गरेको छ ।

    उनीहरूलाई पक्राउ गरेपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । बुधवार न्यायाधीश हरिप्रसाद फुयाँलले दुई सैनिक अधिकृत सहित उपस्थित हुन सेनालाई आदेश गरेको छ । सर्वोच्चले उनीहरूलाई नियन्त्रणमा लिएको बारे ‘कारण देखाऊ आदेश’ पनि जारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार