Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


    मंगलबार, फाल्गुन १६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार रहेका एकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार