Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सहकारी चोरी गर्ने कार्यमा संलग्न एक जना पक्राउ


    मंगलबार, फाल्गुन १६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखामा सहकारी चोरी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । रातको समयमा सहकारी चोरी गरेको आरोपमा नुवाकोटको बेलकोटगढी घर भई तारकेश्वरमा बस्ने रूप बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले माघ ३ गते टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार