Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजा ज्ञानेन्द्र भारतमा


    मंगलबार, फाल्गुन १६ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह पारिवारिक भ्रमणका लागि भन्दै भारत भ्रमणमा गएका छन् । उनी पत्नी तथा पूर्वरानी कोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् ।

    पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताएपनि भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताए ।

    पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिएका थिए । त्यहाँ उनी दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा सहभागी हुन पुगेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार