Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ


    मंगलबार, फाल्गुन १६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ। विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार