Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेरी बास्सैमा फेरी जोडिए माग्ने बुढा


    मंगलबार, फाल्गुन १६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्।

    आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।

    मिडिया हबद्ये केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ ।

    मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो।

    आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार