Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. क्षेत्रीलाई


    सोमबार, फाल्गुन १५ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा क्षेत्रीलाई प्रदान गरिएको हो।

    स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेवापत् १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मानित भएका हुन्।

    साथै, प्रचारात्मक सेवा महाशाखाका डा.पेमावती थापा, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा मुनकर्ण थापा ५० हजार रूपैयाँ सहित स्वास्थ्य सेवा पुरस्कारको राशि जनही ५० हजार रूपैयाँ रहेको छ।

    स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार