Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिनेता पल शाह एक वर्षको कारावासपछि थुनामुक्त भए


    सोमबार, फाल्गुन १५ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • दमौली। एक वर्षदेखि तनहुँ कारागारमा रहेका चर्चित अभिनेता पल शाह आज थुनामुक्त भएका छन्। बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट आइतबार सफाइ पाएर कलाकार शाह आज सोमबार रिहा भएका हुन् ।

    नाबालिक बलात्कारको आरोप लागेपछि एक वर्षअघि आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनले आत्मसमर्पण गरेका थिए तर उनी आज फागुन १५ मै रिहा भएका हुन् ।

    शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको भब्य स्वागत गरेका छन् ।

    नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले आइतबार उक्त अभियोगमा दाबी नपुग्ने भन्दै जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

    सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक स्वागतका लागि दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे ।

    समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

    उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

    आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार