Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेत्री शिल्पाको पक्षमा अदालतको सुनुवाई, छविको सम्पत्ति र ऋण आधा हुने


    सोमबार, फाल्गुन १५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिँसा भएको भन्दै श्रीमान् छवि ओझाविरुद्ध हालेको सम्बन्धबिच्छेद तथा माना चामल मुद्दामा जिल्ला अदालत काठमाडौंले शिल्पाको पक्षमा फैसला गरेको छ। शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् ।

    शिल्पाले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको उक्त मुद्दा जितेकी हुन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्तिसमेत दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ ।

    उक्त मुद्दामा हिजो फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति उनले आधा पाउने फैसला गरेको हो । शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ ।

    छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।

    यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ । छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ । तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।

    शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन् । तर, छविले चाहिँ उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार