Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारभित्रकै क्यान्टिनमा म्याद सकिएका खानेकुरा भेटिएपछि सञ्चालकलाई ३ लाख जरिवाना


    सोमबार, फाल्गुन १५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय चमेनागृह (सेन्ट्रल क्यान्टिन)मा अखाद्य वस्तु फेला परेको छ ।उक्त केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका हुन् ।

    क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ।

    विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।

    खान योग्य नभएका सबै चिजबिज तत्काल नष्ट गरिएको विभागले जनाएको छ।

    साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले बताएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार