काठमाडौँ। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। वसन्तपुर अगाडि विधिवत् रूपमा आज (सोमबार) बिहान चिर ठड्याइएको हो । उक्त चीर ठड्याएसँगै आज सोमबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर एकअर्कालाई शुभकामना आदानप्रदान गरिन्छ ।




काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend