g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjf
nfO{ dªnaf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z'esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;;
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।
त्यही बलमा पौडेलले १४औं महाधिवेशनमा देउवाविरुद्ध फेरि सभापतिमा प्रतिस्पर्धा गर्न चाहेका थिए। त्यो वातावरण बनाउन इतरसमूहको नेतृत्व गर्दै पौडेल देउवाको सबैभन्दा आलोचकका रूपमा प्रस्तुत भए। तर १४औं महाधिवेशनको सँघारमा २०७८ मंसिर २३ गते पौडेललाई इतरपक्षका नेताहरू नै सभापतिको उम्मेदवारमा स्वीकार गर्न तयार भएनन्। विशेषगरी १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिको प्रतिस्पर्धामा उत्रिने अडान लिए। इतरपक्षका शेखर कोइरालासहितका केही युवा नेता पनि पौडेललाई नेता मान्न हिच्किचाए। पौडेललाई सिंह र कोइराला दुवैले सभापतिको उम्मेदवार मान्न चाहेनन्।
राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका पौडेललाई निकटस्थहरूले नै सभापतिको उम्मेदवार हुन असहयोग गरे। त्यसबाट बिरक्तिएका पौडेल सक्रिय राजनीति मात्र होइन, कांग्रेससँग पनि अलग हुने निष्कर्षमा पुगे। मंसिर २४ गते सुरु हुने पार्टीको १४औं महाधिवेशनमा समेत सहभागी नहुने निष्कर्षमा पौडेल पुगे। सक्रिय राजनीतिबाट विश्राम लिने पौडेलको तयारीको सूचना पाएलगत्तै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर २३ गते साँझ नै पौडेल निवास पुगे।
देउवाले भेटमा पार्टी र मुलुकका लागि पौडेलको सक्रियता चाहिएको भन्दै स्वास्थ्यको ख्याल गर्न सुझाए। लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्याएको योगदान मूल्यांकन गर्ने बताउँदै देउवाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरे। पौडेल निकटस्थहरूले पनि उनलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे। पौडेल १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए। तर महाधिवेशनको अन्य प्रक्रियामा उनी सहभागी भएनन्। त्यसपछि पौडेलकै समर्थक र शुभेच्छुकले उनको आलोचना गरे। पहिलो चरणबाट सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनबाट देउवा पुनस् सभापतिमा निर्वाचित भए। त्यसपछि देउवाविरोधी गुटका नेताहरू पौडेलसँग टाढिँदै गए। तर देउवाले पौडेललाई सत्ता साझेदार दलहरूको संयन्त्रको संयोजक बनाउँदै राजनीतिक सक्रियतामा उनलाई जोड्दै गए। गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसे।
पार्टीको १३औं महाधिवेशनमा पनि सभापतिका लागि देउवासँग पौडेल प्रतिस्पर्धामा उत्रिएका थिए। सभापतिको निर्वाचनमा उनी पराजित भए। त्यसपछि संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पनि देउवाले पौडेललाई पराजित गरे। सधैं ‘लभ र हेट’को सम्बन्धमा रहेका यी दुई नेतामध्ये पौडेल अहिले देउवाकै चाहनामा मुलुकको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बन्न पुगेका छन्। अहिलेको समीकरणमा कुनै उलटफेर नभए २००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मेका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्रायस् छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको ३१ हजार बढी मतभार अहिले उनको पक्षमा छ। पौडेललाई राष्ट्रपतिमा अघि सार्ने देउवाको निर्णयले कांग्रेसभित्रको एकतालाई बलियो बनाएको छ। देउवा पाँचपटक प्रधानमन्त्री बन्दा पौडेलले एकपटक पनि अवसर नपाएको भन्दै पार्टीभित्रैबाटै आलोचना हुँदै आएको थियो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend