Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माछापुच्छ्रे गाउँपालिका वडाध्यक्षले इन्जिनियरलाई कुटपिट गरेपछि…


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले कर्मचारीमाथि हातपात गरेका छन् ।

    गुरुङले कुटपिट गरेको भन्दै अस्सिटेन्ट सवइन्जिनियरले प्रहरीमा उजुरी दिएका हुन् । सवइन्जिनियर लक्ष्मण जिसीले शुक्रबार जीउँ ज्यानको सुरक्षा तथा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन्।

    शुक्रबार विहान वडाध्यक्ष रामबहादुर गुरुङले गालीगलौज गर्दै कुटपिट गरेको जिसीले बताए । जिसीले प्रहरीमा दिएको उजुरीमा टाउको, नाक, कान, घाँटी र शरिको विभिन्न भागमा चोट लाग्ने गरेर कुटपिट गरेको उल्लेख छ।

    वडाध्यक्षले आफूले भने बमोजिम नभएपछि कुटपिट गरेको जिसीले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार