काठमाडौं । लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ्न सकेको थिएन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ पक्षले छिट्टै गर्ने प्रतिवद्धता गरेको बताएको छ। यो खण्डको सडक महाराजगन्ज, स्वयम्भू लगायतका केही स्थानमा बाहेक अन्य ठाउँमा कुनै अवरोध छैन। चिनियाँ पक्ष भने साइट क्लिरेन्स नभएको भन्दै काम अघि बढाउन तयार भएको छैन।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कलंकी महाराजगन्ज सडक खण्डको अनुगमन गर्दै दोस्रो चरणको चक्रपथ विस्तारको काम छिट्टै सुरु हुने बताएका छन्।
‘दोस्रो चरणको चक्रपथ विस्तार गर्ने सम्बन्धमा नेपालका लागि चीनको राजदूतज्यूसँग पटक पटक छलफल भइसकेको छ,’ उनले भने ‘हामी दूवै पक्षबीच छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ।’ मन्त्री श्रेष्ठले सो खण्डमा केही स्थानमा रहेका विवादहरू सल्टाएर विस्तारको काम अघि बढ्ने सहमति भएको दाबी पनि गरे। ‘अहिले स्वयम्भू स्तुपा क्षेत्रको डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’
मन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न खालका विवादको कारणले दोस्रो चरणको चक्रपथ विस्तारको काम हुन नसकेको बताए। ‘नेपालका लागि चीनको राजदूतज्यू र हाम्राबीच छलफल गरेर छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ,’ उनले भने ‘चिनियाँ पक्ष र हाम्रो मन्त्रालय दुवैपक्षबाट अध्ययनको काम पनि भइसकेको छ। अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’
मन्त्री श्रेष्ठले ठूला खालका समस्याहरू लगभग समाधान भइसकेकाले अब विस्तारको कामले गति लिने दाबी गरे। ‘हामीले चीन सरकारसँग सकेसम्म महाराजगन्जदेखि धोवीखोलासम्मको सडक विस्तार गर्नका लागि अनुरोध गरेका छौं। चिनियाँ पक्षले भने महाराजगन्जसम्म मात्रै विस्तार गर्ने कुरा गरिरहेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend