काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी नियम उल्लंघन गर्ने सवारी तथा यातायातका साधनहरुबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४० लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको शुरु देखि माघ मसान्तसम्म नियम उल्लंघन गर्ने कूल ५ हजार ९ सय ५० सवारी साधनलाई कारबाही गरी जरिवानाबाट ४० लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयले पुसमा सबैभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । उक्त महिनामा १ हजार १०० सवारी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय, लमजुङका अनुसार गत आर्थिक बर्षमा सवारी नियम उल्लंघन गर्ने ५ हजार ४ सय ७६ सवारी साधनबाट ३४ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यसैगरी आर्थिक बर्ष २०७६/७७ मा ४ हजार ८ सय २५ सवारी साधन बाट ३१ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक बर्षको १२ महिनामा भन्दा यस आर्थिक बर्षको सात महिनामा बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय लमजुङको रेकर्डमा देखिएको छ ।
यस आर्थिक बर्षमा ८ सय १९ बटा ट्रक, ३ सय ५४ बटा वस, १ हजार ५ सय १५ जीप कार भ्यान जस्ता सवारी साधन, ४ सय ८ बटा ट्रयाक्टर, २ हजार ८ सय ५४ मोटर साईकललाई सवारी उल्लंघन गरे बापत जरिवाना गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend