काठमाडौं । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन ।
पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबाेट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबाेट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ ।
दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बुट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।
विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबाेट ल्याइएको थियो । उक्त मोटरबाेट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।
गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबाेट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उनकाे सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबाेट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गरे । मोटरबाेटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएकाे मोटरबाेट हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेकाे डुंगा नाईके राजेश रावलले जानकारी दिए । उक्त बुट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend