गुलरिया। वन्यजन्तु चितुवाको आक्रमणमा परी उद्धारकर्मीसहित ३ जना घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका–२ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फुलराम थारुलाई चितुवाले एक्कासि झम्टेपछि उद्धार गर्न पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरीसमेत घाइते भएका छन्।
जंगल किनार बस्ती नजिकको झाडीमा चित्तल शिकार खाइरहेको चितुवाले बाख्रा चराइरहेका फुलरामलाई देखेपछि एक्कासि पछाडिबाट टाउकोमा आक्रमण गरेको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले बताए। गाउँले सहितको टोली लिएर उद्धारका लागि पुगेका बन कर्मचारीलाई चितुवाले हातमा आक्रमण गरेको छ। सोही क्रममा १५ वर्षीय बालक विनय चौधरीको ढाडमा चितुवाले चिथोरेको अधिकृत शर्माले जानकारी दिए।
७० वर्षीय वृद्धको टाउकोमा ४ वटा टाँका लगाइएको छ। तिनै जनाको अवस्था खतरामुक्त रहेको उनले सुनाए। मधुवन क्षेत्रको वन्यजन्तु आक्रमण रोक्न फेन्सिङ बायर लगाउनुपर्ने शर्माले बताएका छन्। वन कार्यालयले घाइतेहरूको निःशुल्क उपचार गर्ने बताए। राहत निर्देशिका अनुसारको सहयोग पिडितले पाउने उनले जानकारी दिएका छन्। मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति स्थानीयले व्यहोर्दै आएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend