सप्तरी। सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्युु भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाको बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।
साडीमा आगो सल्की छाति देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियोे । पुनः अवस्था बिग्रेपछि बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार गरे पनि निकाे भएकाे थिएन ।
उनको अबस्थामा सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिहले जानकारी दिए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend