Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकका ऋणीले लघुवित्त संस्थाबाट कर्जा नपाउने


    बुधबार, फाल्गुन १० २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    ‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ’ निर्देशनमा उल्लेख छ ।

    अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए नलिएको यकिन गर्नुपर्ने बैंकले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार