काठमाडौं । साताको बुधबार आज सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८० बिन्दुमा आएर रोकिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।
गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको बुधबार १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी जीवन विकास लघुवित्तको करिब ५ करोडको कारोबार भएको छ ।
सोमबारको १३ उपसूचकहरुमध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा उकालो लागेको छ। बुधबारको लिबर्टी उर्जा, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जल विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend