Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार ३३.५७ अंकले बढ्यो, कारोबार रकम कति ?


    बुधबार, फाल्गुन १० २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको बुधबार आज सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८० बिन्दुमा आएर रोकिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।

    गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको बुधबार १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी जीवन विकास लघुवित्तको करिब ५ करोडको कारोबार भएको छ ।

    सोमबारको १३ उपसूचकहरुमध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा उकालो लागेको छ। बुधबारको लिबर्टी उर्जा, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जल विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार