Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आज सुन-चाँदीको मूल्य


    बुधबार, फाल्गुन १० २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । आजको कारोबार भाउ निर्धारण गर्दै महासङ्घले सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि तेजाबी सुनको मूल्य यही कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ कायम छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार